संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन

    सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालन

    संघारी न्युज
    २२ चैत्र २०७९
    936
    Shares

    कैलाली, २२ चैत । कैलालीको धनगढी उपमहानगरपालिका –१३ राजपुरमा ५० शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ ।

    सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भई सुविधायुक्त आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । चिकित्सालयको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।

    उद्घाटनको क्रममा मुख्यमन्त्री शाहले योग र आयुर्वेद उपचार पद्धतिप्रति मान्छेको आकर्षण दिनप्रति दिन बढ्दै गएको बताए ।
    यस्तै, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आयुर्वेद चिकित्सालयलाई प्रदेश सरकारको सदैव सहयोग रहने बताए ।

    चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्व कर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेको वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनले अस्पतालमा विशेषज्ञ सेवा थप्न प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताए । चिकित्सालयबाट सबै सेवा निःशुल्क रूपमा प्रवाह भइरहेको छ । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथलगायतको उपचार हुने गरेको जनाइएको छ ।

    सङ्घीय सरकारले निर्माण पश्चात् यो चिकित्सालय सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com