संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

    विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

    संघारी न्युज
    २३ चैत्र २०७९
    1.2k
    Shares

    काठमाडौं, २३ चैत । अर्बपति विनोद चौधरीको सम्पत्ति एक अर्ब ८० करोड डलर पुगेको छ।

    फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो।

    फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन्। उनी नेपालका एक्ला अर्बपति हुन्।

    अर्बपति चौधरी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी ९बर्दघाट पश्चिम० बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका नेता हुन्।

    यसअघि उनी नेकपा (एमाले) बाट संविधान सभा सदस्य बनेका थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com