संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमती

    नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमती

    संघारी न्युज
    २४ चैत्र २०७९
    981
    Shares

    नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमती

    काठमाडौं, २४ चैत । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै गएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार, नौ महीनामा ८० हजार विद्यार्थीले अध्ययनका लागि विदेश जाने अनुमति मागेका छन्। साउनदेखि चैत २२ गतेसम्म ८० हजार विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र ९एनओसी० प्रदान गरिएको शाखाले जनाएको छ।

    शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ।

    चैत २३ मा मात्रै ६०९ अनलाइन आवेदन परेकोमा ५२९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले बताए। वस्तीका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन्।

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार २०७८ वैशाखमा एक हजार ६९६, जेठमा ४५६, असारमा तीन हजार १०९, साउनमा पाँच हजार ३४१, भदौमा पाँच हजार ८६०, असोजमा चार हजार ९६३ र कात्तिकमा तीन हजार ७५७ जनाले अनुमति लिएका छन्।

    त्यस्तै, मंसीरमा पाँच हजार ६९५, पुसमा सात हजार ८५, माघमा नौ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र ९एनओसी० लिएका छन्।

    यस वर्षको वैशाखमा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका थिए। अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या धेरै रहेको छ। हाल औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com