कैलाली । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरा, दार्चुला, बझाङ र अछाममा पाठ्यपुस्तक पुगेको छ । सुदूरपश्चिममा अहिले सम्म १४ लाख थान पाठ्यपुस्तक आएर सम्बन्धित जिल्लामा ढुवानी भइरहेको धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ।
केन्द्रमार्फत कक्षा ६ देखि १२ कक्षासम्मको पुस्तक वितरण भइरहेको छ भने १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक भने निजी प्रकाशनलाई जिम्मा दिएको कार्यालयले जानकारी दिएको हो ।
नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक पु¥याउने सरकारको नीति छ । सोही नीति अनुरुप विभिन्न जिल्लाहरुमा पुस्तक पठाइरहेको जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख धु्रवराज पन्तले जानकारी दिए ।
उनका अनुसार सुदूरपश्चिमको दुर्गम जिल्लालाई पहिलो प्राथमिकता दिएका हौं । नयँ सत्रको पुस्तक चैत २६ गतेबाट सम्बन्धित जिल्लामा पठाईरहेको उनले बताए । पन्तले भने ‘हामी शुरुमा दुर्गम जिल्लाहरु बाजुरा, दार्चुला, बझाङ र अछाममा पाठ्यपुस्तक पठाइरहेका छौं । कैलाली र कञ्चनपुरमा दोस्रो साता सम्म मात्रै पठाउँछौ ।’
दार्चुला र बाजुराका लागि डेढ÷डेढ लाख थान पाठ्पुस्तक पठाइसकेको पन्तले जानकारी दिए ।
उनले अछाम र बझाङमा ढुवानी जारी रहेको बताउँदै यी दुई जिल्लाका लागि ट्रकमा पुस्तक लोड गरेर पठाएका छौं। वैशाख ४ गतेबाट बैतडी हुँदै अन्य जिल्लामा पुस्तक ढुवानी हुनेछ । पुस्तक ढुवानीका लागि एक जिल्लामा दुई दिन छुट्टयाइएको पन्तले बताए ।
सुदूरपश्चिम प्रदेशमा करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्छ। ८० प्रतिशत पुस्तक पुगिसकेको छ भने २० प्रतिशत पाठ्यपुस्तक आउन बाँकी छ। आवश्यकताको आधारमा थप पुस्तक माग गरिरहेको पन्तले बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै