संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रदेश राजधानी घोषणा भयो, संरचना कहिले बनाउने : सांसद बलायरको प्रश्न

    प्रदेश राजधानी घोषणा भयो, संरचना कहिले बनाउने : सांसद बलायरको प्रश्न

    संघारी न्युज
    ५ बैशाख २०८०
    1.1k
    Shares

    काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको बर्षौं बितिसक्दा पनि संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सुदूरपश्चिमको राजधानी कसले बनाउने हो ? प्रदेशसभाले दुई तिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय गर्‍यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भए पनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो ? उनले प्रश्न गरे ।

    सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे । ‘यसैले राजधानी कसले बनाउने हो ? राजधानी बनाउने ठाउँमा जग्गाको भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’उनले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com