कैलाली, ७ वैशाख । धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्।
सामुदायिक विद्यालयको नतिजा खस्कँदै गइरहेको अवस्थामा १७ वटा विद्यालयका कक्षा ८ का सबै विद्यार्थीले कक्षा ९ पढ्न नपाउने गरी वार्षिक परीक्षामा नतिजा ल्याएपछि हल्लीखल्ली मच्चिएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१, शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालय, १३ श्रीलङ्कास्थित नवज्योति आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने गरी नतिजा ल्याउन सकेका छैनन्।
यस्तै वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ६ मटियारीमा रहेको भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ९ बङ्गरा कटानमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले आवश्यक ग्रेड प्राप्त गर्न सकेनन्।
यसैगरी वडा नम्बर ७ देवहरियामा रहेको शिव माध्यमिक विद्यालय, वडा नम्बर १७ पथरीमा रहेको भानु मावि, १६ स्थित डुमलियामा रहेको सज्जन आधारभूत विद्यालय, सोही वडाको भादास्थित दीपेन्द्र चारपाते माविको कक्षा ८ को नतिजा ननग्रेड आएको छ। यस्तै वडा नम्बर १४ फूलबारीस्थित शिवशङ्कर आधारभूत विद्यालय, सोही वडाको एच गाउँस्थित सिद्धार्थ आधारभूत विद्यालय, वडा नम्बर १८ स्थित खप्तडी आधारभूत विद्यालय, इन्द्रोदय आधारभूत विद्यालयको नतिजा लज्जास्पद छ।
त्यस्तै वडा नम्बर १९ स्थित फूलबारी आवि, वडा नम्बर १२ स्थित जनकबस्ती आवि, दुर्गा आवि र वडा नम्बर १० मा रहेको जनकल्याण माविको कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने नतिजा ल्याउन सकेनन्। १७ वटा विद्यालयका कक्षा ८ को नतिजा लज्जासपद आएपछि चर्को टीकाटिप्पणी भइरहेको छ। शिक्षकहरू शिक्षण पेसाभन्दा पनि नेतागिरी गर्न थालेपछि नतिजा खस्केको कतिपय नगरवासीको आरोप छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै