संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    घाँस काट्न गाएका गंगा बाघको आक्रमणमा परि बेपत्ता

    घाँस काट्न गाएका गंगा बाघको आक्रमणमा परि बेपत्ता

    संघारी न्युज
    ८ बैशाख २०८०
    1.1k
    Shares

    कञ्चनपुर ८ वैशाख । जिल्लाको बेलौरी नगरपालिका ८ पचुँईकी अन्दाजी ४२ वर्षीय गंगा चन्दलाई बाघले आक्रमण गरी शुक्रबार बेपत्ता बनाएको छ। खेतमा घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको हो।

    इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सुदीपचन्द्र शाहका अनुसार बाघको आक्रमणपश्चात् बेपत्ता भएकी चन्दको खोजी कार्य भइहेको छ।

    “ड्रोन क्यामेरामार्फत बाघ र महिलाको खोजी गरिरहेका छौं” उनले भने, “बाघ उखुबारीमा हुन सक्ने अनुमान छ।” चन्दसँगै घाँस काट्न गएका अरू महिलाहरुले भागेर ज्याउन जोगाएको बताउँछन् ।

    सँगै गएका महिलाहरूले बाघले आक्रमण गरी चन्दलाई बेपत्ता बनाएको खवर गरेपछि अहिले प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन्।

    सीमा क्षेत्रका बासिन्दामाथि बाघले आक्रमण गर्न थालेपछि यस क्षेत्रको जनजीवन त्रसित छ। यसअघि बाघको आक्रमणमा परी पुनर्वास नगरपालिका १० विकास बस्तीकी ३३ वर्षीय कलसा सार्कीको ज्यान गएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com