संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    लागूऔषधसहित प्रहरी जवान पक्राउ

    लागूऔषधसहित प्रहरी जवान पक्राउ

    संघारी न्युज
    ८ बैशाख २०८०
    1.3k
    Shares

    धनगढी, ८ वैशाख ।लागूऔषध ओसारपोसारमा संलग्न रहेको आरोपमा कैलालीको भजनीबाट एक जना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी जवान अंकित चौधरीलाई लागूऔषध ब्राउन सुगरसहित चार दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भारतीय सीमा नाका कुसुमबाटबाट चौधरीसहित दुई जनालाई ३३ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय भजनीबाट गएको टोलीले चेकजाँच गर्दा लागूऔषधसहित दुई जना पक्राउ परेका र तीमध्ये एक प्रहरी रहेको खुलेको चन्दले बताए ।पक्राउ परेका चौधरी इलाका प्रहरी कार्यालय सुखडअन्तर्गत अस्थायी प्रहरी पोष्ट साडेपानीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com