कैलाली, ७ भदौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्।
टीकापुर घटना भएको आठ वर्ष पुगेको दिनमा नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरिएको हो। बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्।
पूर्व सांसद चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र नाबालक टेकको ज्यान गएको थियो।

तीनै तहका अदालतले टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गरे पनि राष्ट्रपतिबाट उनी गणतन्त्र दिवसका दिन कैद मिनाहा भएपछि रिहा भएका थिए। टीकापुरमा शान्ति र सद्भाव कायम राख्न आफूले पहल थालेको चौधरीले बताए।
शालिक अनावरण गर्दै चौधरीले भने, “टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउद मेरो पनि बच्चा हो।”
टेकका परिवारसँग आफ्नो सम्बन्ध रहेको उनले बताए। “नेत्र साउद ९टेकका बुबा० र म दाइभाइ हो। उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ,” चौधरीले भने।
आफूले शालिक बनाउँदै गर्दा धेरैले अवरोध गर्न खोजेको उनको भनाइ थियो। “मैले शालिक बनाउँदै गर्दा पनि धेरैले भनेछन्- सालिक ल्याउन नलगाउनुस्,” चौधरीले भने, “साउद परिवारले मलाई र टीकापुरलाई बुझ्नुभएको छ। उहाँहरूकै सद्भावले म माननीय पनि भएँ।”

उनले टीकापुर घटनालाई दुर्भाग्यपूर्ण घटना भनेर उल्लेख गरे। अधिकार प्राप्तिका लागि भएको अखण्ड र थरुहट आन्दोलनका क्रममा यो घटना भएको उनको भनाइ थियो। “असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो। त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे,” चौधरीले भने।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै