संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पोलिक्लिनिकमा जुवातास खेलिरहेका सात जना पक्राउ

    पोलिक्लिनिकमा जुवातास खेलिरहेका सात जना पक्राउ

    संघारी न्युज
    १४ भाद्र २०८०
    2k
    Shares

    कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका-३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा क्लिनिकका संचालक सहित सात जना पक्राउ परेका छन् ।

    पोलिक्लिनिकका सञ्चालक बारबर्दिया नगरपालिका-२ घर भएका ३२ वर्षीय सागर केसी सहित सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोली विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com