काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आचारसंहिता आजदेखि लागू भएको छ।
नेपाल सरकार र मन्त्री‚ प्रदेश सरकार र मन्त्री‚ स्थानीय कार्यपालिका र त्यसका सदस्य‚ संवैधानिक निकाय, सार्वजनिक पदमा बसेका व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी‚ सञ्चारकर्मी, मतदाता, राजनीतिक दल, उम्मेदवार, शिक्षक लगायतले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ।
आचारसंहितामा उम्मेदवारले निर्वाचन चिह्न अङ्कित ज्याकेट, भेस्ट, कमीज, टोपी, झोला आदि प्रयोग गर्न नहुने उल्लेख छ। यस्तै‚ सरकारी तथा सार्वजनिक निकाय, संघसंस्था आदिले आफ्नो साधनस्रोत कुनै पनि दल वा उम्मेदवारको समर्थन वा विरोधमा प्रयोग गर्न नहुने, निर्वाचन आयोगले सञ्चालन गरेको निर्वाचन व्यवस्थापन कार्यक्रममा अवरोध गर्न नहुने उल्लेख छ।
निर्वाचन सम्बन्धी कानून र आचारसंहितको कार्यान्वयन गर्दै निर्वाचनलाई निष्पक्ष‚ पारदर्शी र भयमुक्त बनाउन आयोगले ६० बुँदे निर्देशन पनि जारी गरेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै