संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जितबहादुर चौधरी प्रदेशकै उत्कृष्ट हेड मास्टर, राष्ट्रपतिबाट सम्मानित

    जितबहादुर चौधरी प्रदेशकै उत्कृष्ट हेड मास्टर, राष्ट्रपतिबाट सम्मानित

    संघारी न्युज
    २१ भाद्र २०८०
    2.9k
    Shares

    कैलाली, २१ भदौं । जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् ।

    नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गरेको हो ।

    देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ।

    प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com