संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    चितुवाको आक्रमणबाट एक किशोरी घाइते

    चितुवाको आक्रमणबाट एक किशोरी घाइते

    संघारी न्युज
    २१ भाद्र २०८०
    1.7k
    Shares

    बैतडी, २१ भदौ । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती घाइते भएकी छिन् । पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ ः ५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय पूजा लोहार गम्भीर घाइते भएका हुन् ।

    गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चितुवाको आक्रमणमा परेर घाइते भएरका किशोरी बेहोस अवस्थामा रहेको बताए । बैतडीमा गएको १० वर्ष यता चितुवाको आक्रमणमा परी २७ जनाले ज्यान गुमाइसकेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com