हसुलिया, २२ भदौं । थारु अधिकारवादी संस्था थारु कल्याणकारिणी सभा (थाकस) को कैलारी क्षेत्रको अधिवेशनबाट पुनः अशोक चौधरी सभापति भएका छन् ।
तराईका थारु बाहुल्य जिल्लामा नयाँ नेतृत्व चयनको लागि विभिन्न तहका अधिवेशन भइरहेको छ ।
थाकसका का.बा. सभापति माधब चौधरीका अनुसार अशोक कुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कैलालीको कैलारी गाउँपालिका स्तरीय थाकस दोस्रो अधिवेशनबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै उपसभापतिमा मनिषा चौधरी, आशा देवी चौधरी र जगलाल चौधरी रहेका छन् । सचिवमा रामसमझ चौधरी, सहसचिवमा लक्ष्मण प्रसाद चौधरी, कोषाध्यक्षमा अनिता चौधरी रहेकी छिन् । त्यस्तै सदस्यमा रमेशी कुमारी चौधरी, खगेन्द्र प्रसाद चौधरी, अनारकली चौधरी, लाल बहादुर चौधरी, वीरप्रसाद चौधरी, सञ्जु देवी चौधरी, मोहनराज चौधरी, नरिता चौधरी, द्वारिका चौधरी र विरेन्द्र चौधरी रहेका छन् ।
माधव चौधरीका अनुसार कैलाली जिल्ला अधिवेशन असोज ६ गते हुने भएको छ । जसको तयारीका लागि वडा र क्षेत्रको अधिबेशन भईरहेको उनले बताए ।
केन्द्रीय महाधिवेशनमा काठमाडौँ उपत्यकासहित तराईका २४ जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहन्छ ।
कैलारी गाउँपालिकाकी उपाध्यक्ष भागवती कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको थाकस कैलारी अधिवेशनमा केन्द्रीय सदस्य रामचरण चौधरी, इन्दु थारु, केन्द्रीय पार्षद पुरन चौधरी, होरीलाल चौधरी, जिल्ला कार्यवाहक सभापति माधव थारुलगायतका उपस्थिति थियो ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै