धनगढी, २४ भदौं । अविरल वर्षापछि डडेलधुरामा पहिरो जाँदा तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।
शनिबार रातिदेखि लगातार रुपमा आइरहेको वर्षाले गर्दा अवरुद्ध पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहरप्रसाद भट्टले जानकारी दिए । वर्षा नरोकिएको हुँदा पहिरो हटाउन नसकिएको उनको भनाइ छ ।
प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम हुन सकेको छैन ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै