संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातले निधन

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातले निधन

    संघारी न्युज
    २६ भाद्र २०८०
    1.4k
    Shares

    काठमाडौं, २६ भदौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातले निधन भएको छ ।

    राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो ।

    पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com