काठमाडौं, ८ असोज । काम लगाइदिने र आकर्षक कमाइ हुने प्रलोभनमा पारी भारतको दिल्ली पुर्याइएका दुई नेपाली महिलाको उद्धार गरिएको छ।
सुर्खेत घर भएका महिलाको आफन्त नाता पर्ने एक महिलाले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्याएका थिईन। उनीहरूलाई त्यहाँ बन्धक बनाएर उनीहरुमाथि जबर्जस्ती यौनशोषण भईरहेको पाइएको थियो ।
उनीहरूलाई दिल्ली प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय समाजिक संस्था केआईएन इन्डियाले उद्धार गरेर नेपाल पठाएको हो।
दुवै युवतीलाई तीन महीनाअघि नै दिल्ली पुर्याइएको बयान खुलेको इन्डियाका निर्देशक नवीन जोशीले बताए। जोशीका अनुसार दिल्लीको रोहिणीमा भाडाको घरमा उनीहरूलाई राखिएको थियो। उनीहरूलाई होटल तथा घरमा लग्ने गरेको पाइएको बताए।
झ्यालबाट आफूहरूलाई उद्धार गर्न बाटोमा हिंडेका मान्छेलाई भनेका थिए। त्यसको आधारमा उद्धार गरिएको जोशी बताउँछन् । बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ भने अन्य दुई जना फरार छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै