संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन, ३ वर्षपछि इन्टर्सिपसँगै सिधैँ रोजगारी

    त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन, ३ वर्षपछि इन्टर्सिपसँगै सिधैँ रोजगारी

    संघारी न्युज
    १९ असोज २०८०
    1.6k
    Shares

    धनगढी, १९ असोज । त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट ९बीएचएम० कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ । पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ ।

    अब पढाईं ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्सिप हुनेछ । उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ । यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरु विदेशमा इन्टर्नसिप गइसकेपछि पुनस् फर्किएर थप एक सेमिस्टर अध्ययन गर्नुपर्थ्यो । अब भने लगातार ३ वर्ष पढेपछि विद्यार्थीहरु सिधैँ इन्टर्नसिपमा जान सक्नेछन् । उनीहरु फर्कनु पढ्दैन । इन्टर्नसिप सकाएर उतै जागिर गरेर बस्न सक्छन् ।

    सुदूरपश्चिममा त्रिविको बीएचएम अध्ययन हुने धनगढीको एसपीए कलेज एकमात्रै शैक्षिक संस्था हो । त्रिविको नयाँ पाठ्यक्रमले विद्यार्थीलाई ठूलो लाभ मिलेको एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com