संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कर्णाली पार गर्दैगर्दा तुइन चुडिंदा एक जना बेपत्ता

    कर्णाली पार गर्दैगर्दा तुइन चुडिंदा एक जना बेपत्ता

    संघारी न्युज
    २१ असोज २०८०
    1.5k
    Shares

    कैलाली । कर्णाली नदी पारगर्दैगर्दा तुइन तान्ने डोरी चुडिंदा एक जना बेपत्ता भएका छन्। हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको वडा नम्बर २ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइनबाट तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन्। उनी मुगु जिल्ला सोरु गाउँपालिका ५, नेरगाउँको रहेको जनाइएको छ।

    कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माण गर्न मुगुबाट आएका उनी काम सकेर वासस्थानतिर जाने क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए।

    कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com