काठमाडौं, ४ कात्तिक । जापानलाई हराउँदै नेपाली युवा टोली एसीसी यू १९ एशिया कपमा छनोट भएको छ।
मलेशियामा जारी एसीसी यू १९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा जापानलाई १४३ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ। वर्षाका कारण केहीबेर खेल रोकिएपछि डीएलएस बिधिका आधारमा पाएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमै समेटिएको छ।
जापानका लागि शोतारो हिरात्सुकाले १५ र यामामोतो लाकेले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन तीन तथा सुवाष भण्डारीले दुई र आकाश चन्दले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि दीपक बोहराले ७९, आकाश त्रिपाठीले ३५, अर्जुन कुमालले १० र देव खनालले आठ रन बनाएका थिए।
त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो। ५० ओभरको खेल २५ ओभरमा झारिएको थियो। डीएलएस बिधिका आधारमा जापानले १८७ रनको लक्ष्य पाएको थियो।
यो जितसँगै यू १९ एशिया कपका लागि छनोट भएको छ। आउँदा पुसमा पाकिस्तानमा हुने एशिया कपमा प्रियिमर कपबाट तीन टोली छनोट हुनेछन्। फाइनलमा पुग्ने दुई टोलीसँगै सेमिफाइनलमा पराजित दुई टोलीबीचको खेलमा जित्ने टोली पनि एशिया कपमा छनोट हुनेछ।
नेपाल प्रिमियर कपको फाइलनमा पुग्दै एशिया कपका लागि छनोट भएको छ। यसअघि आयोजक पाकिस्तानसँगै भारत, श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छनोट भइसकेका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै