संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    संघारी न्युज
    १२ कार्तिक २०८०
    1.8k
    Shares

    काठमाडौं, १२ कात्तिक । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको छ । कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

    असोज ३० सम्ममा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com