संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मस्तिष्कघातका विरामीलाई समयमै अस्पताल पुर्याऔ : चिकित्सक

    मस्तिष्कघातका विरामीलाई समयमै अस्पताल पुर्याऔ : चिकित्सक

    संघारी न्युज
    १३ कार्तिक २०८०
    1.6k
    Shares

    काठमाडौँ, १३ कात्तिक । मस्तिष्कघातका बिरामीलाई समयमै अस्पताल पुर्याउन चिकित्सकको सुझाब छ । ढिलो गरी अस्पताल आउँदा पूर्ण रूपमा निको पार्न र बचाउन कठिन हुने उनीहरुको बताउँछन ।

    चिकित्सकका अनुसार मस्तिष्कघात भएको ३० मिनेटदेखि तीन घण्टासम्म अस्पताल पुर्‍याएर विज्ञ चिकित्सकबाट उपचार गराउन सकेको अवस्थामा मस्तिष्कघात पूर्ण रूपमा ठिक हुने सम्भावना बढी रहन्छ तर बिरामी ढिलो गरी अस्पताल आइपुग्दा बचाउन समेत कठिन हुन्छ ।

    ढिलो उपचार गर्दा बिरामीलाई पहिलेको अवस्थामा पूर्ण रूपमा ल्याउन नसकिने सम्बन्धित विज्ञहरूको भनाइ छ । वरिष्ठ न्युरोरोग विशेषज्ञ डा. लेखजङ्ग थापाले मस्तिष्कघात भएका बिरामी अस्पतालसम्म आउँदा बचाउन सक्ने अवस्था तथा पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्ने समय न्यून भईसकेको बताउँछन् ।

    बिरामी अस्पताल जाँदा पनि नजिकको अस्पतालमा मात्र जाने गरेका हुन्छन् । त्यहाँ विशेषज्ञ सेवा नहुन सक्छ र उपचार प्रभावकारी हुँदैन । वीर अस्पतालका न्युरोरोग विशेषज्ञ डा. अविनाश चन्द्रले पनि वीर अस्पतालमा आउने बिरामी ढिलो गरी आउने बताउछन् । उनका अनुसार वीर अस्पताल आउने बिरामीमध्ये १० प्रतिशत मात्र समयमा आइपुग्छन् ।

    डा. थापाले मस्तिष्कघातका बिरामीलाई न्युरोसम्बन्धी सुविधा भएका अस्पतालमै लैजानुपर्ने बताउछन् । विरामीमा रगत जमेर (हेमोरेजिक) र रगतको सञ्चालन नभएर मस्तिष्कघात हुने भएकाले बचाउन वा पहिलेकै अवस्थामा फर्काउन समयमै अस्पताल पु¥याउन जरुरी हुन्छ ।

    रगत सञ्चालन नभएपछि मस्तिष्कले काम गर्न छाड्छ र पक्षाघातको लक्षण देखिन्छ । यस्तो मस्तिष्कघातमा मानिस हिँडिरहेको भए लड्ने, शरीरको एकातिरको भाग कमजोर हुने गर्छ । दाहिनेतर्फको मस्तिष्कमा घात भयो भने बायाँतर्फ समस्या र बायाँतर्फ मस्तिष्कमा घात हुँदा दायाँतर्फ समस्या हुने गर्छ ।

    डा. थापाका अनुसार मस्तिष्कघातले अचानक ज्योति गुमाउनेदेखि शरीरको एक भाग कमजोर गराई पक्षाघात (प्यारालाइसिस) गराउन सक्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com