धनगढी, १८ कार्तिक । सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्प प्रभावितहरुलाई रु एक करोड रकम सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमल बहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने र घाईतेहरुको उपचारका लागि स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिए । उनका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् ।
मुख्यमन्त्री शाहले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित भूकम्पमा परी दिवंगत भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे । साथै सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका- १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै