संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    डोटीमा जीप दुर्घटना, चारको मृत्यु पाँच घाइते

    डोटीमा जीप दुर्घटना, चारको मृत्यु पाँच घाइते

    संघारी न्युज
    १९ कार्तिक २०८०
    1.5k
    Shares

    कैलाली, १९ कात्तिक । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गए राति २ बजेर २८ मिनेटमा डोटीमा दुर्घना र्भको छ ।

    डोटी जिल्लाको शिखर नगरपालिका-६अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटनाग्रस्त हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो।

    जीप एक्कासि अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेर दुर्घटना भएको हो। चालक सहित १० जना सवार जीप दुर्घटना हुँदा पाँच जना घाइते छन्। घाइतेहरूलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ।

    दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कविन्द्र बुढा र सोही स्थानकी विमला मलालकी छोरी अन्दाजी आठ महीनाकी प्रार्थना मलाल रहेका छन्।

    यस्तै घाइतेहरूमा सोही स्थानका ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षका दानबहादुर मलाल, २१ वर्षीया विमला मलाल र २१ वर्षका राजबहादुर मलाल रहेका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com