जाजरकोट केन्द्रबिन्दु भएर सोमबार अपराह्न परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार अपराह्न ४ः३१ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्यूडको परकम्प गएको छ। कात्तिक १७ गते राति ६.४ म्याग्निच्यूडको भूकम्प गएयता जाजरकोट आसपास केन्द्रबिन्दु भएर परकम्प गइरहेका छन्।
त्यसयता आज गएको परकम्प सबैभन्दा ठूलो रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। अहिलेसम्म थुप्रै परकम्प गए पनि चार म्याग्निच्यूड आसपासकै थिए।
आज गएको परकम्पको धक्का जाजरकोटसँगै आसपासका जिल्लामा पनि महसूस गरिएको थियो। परकम्प गएपछि भूकम्प प्रभावित क्षेत्रका बासिन्दा झन् त्रसित छन्।
यसअघिको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको ज्यान गएको थियो। भूकम्पमा २५६ जना घाइते भएका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै