काठमाडौं, २२ कात्तिक । चिनियाँ राजदुत छन्सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि ४० करोड रकम बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन्। चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे। नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे। नेपाल र नेपाली जनताको दुस्खमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सी चिनफिङले समेत पत्र पठाएर त्यो समवेदना जाहेर गरेको उनले बताए।
दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लांकेट र छ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लांकेट, सात सय त्रिपाल, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।
बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने गृहमन्त्रालयले जनाएको छ। पोखरा आएको सामग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै