काठमडौं, ३० कात्तिक । छठ पर्व आउनै लाग्दा डोम समुदायले बाँसको सामग्री बनाउनमा व्यस्त छन् । अहिले उनीहरू डालो, नाङ्लो र टालु टपरी बनाएर आयस्रोत बढाईरहेका छन् ।
मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोम भन्छन् “जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।” छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गर्दछन् ।
उनी कात्तिक लाग्ने बित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा नै व्यस्त हुन्छन् । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।
छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने हुन्छ । प्रत्येक परिवारमा पाँच(सात वटा बाँसबाट बनेका सामग्री आवश्यक पर्छ ।
सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताछन् । बाँसको सामग्री बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताउछन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै