संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलारी गाउँपालिकाको सव ओभरसियर चौधरीको शव भेटिएन

    कैलारी गाउँपालिकाको सव ओभरसियर चौधरीको शव भेटिएन

    संघारी न्युज
    १ मंसिर २०८०
    2.7k
    Shares

    कैलाली, १ मंसिर । कैलारी गाउँपालिका सव ओभरसियर विशेष चौधरी एक हप्ता अगाडी कर्णाली नदीमा नुहाउदै गर्दा डुबेर बेपत्ता भएका थिए । गौरीगंगा नगरपालिका ८ बढैपुर घर भएका चौधरी साथीहरुसंग टीकापुर पार्क घुम्न गएका थिए ।

    आफ्न्त, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु एक सातादेखि चौधरीको खोज तलास जारी राखेका छन् । उनी कात्तिक २५ गते साथीहरुसंगै पार्कसंगै जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका हुन् । सोही क्रममा उनी डुबेर बेपत्ता भए ।

    पार्क वरिपरि नगर सुरक्षा फितलो

    टीकापुर नगरपालिका भित्र रहेको टीकापुर पार्क पर्यटकीय दृष्टिकोणले जिल्ला कै उत्कृष्टमा पर्दछ । तर सो पार्क भित्रको सुरक्षा निकै फितलो रहेको देखिन्छ ।

    टीकापुर पार्क वरिपरि जंगल छ भने छेउमा कर्णाली नदी । पार्क घुम्न आउनेहरु कर्णाली नदीमा नुहाउन जाने गरेका छन् । पार्क भित्र प्रवेश गर्दा प्रतिव्यक्ति टिकेट लिनेगरिन्छ । तर पार्क भित्र हुने जोखिमबारे कुनै सुरक्षा नरहेको बेपत्ता भएको आफन्तले बताउछन् ।

    टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराका अनुसार पार्कमा घुम्न आउनेहरु आफ्नो जोखिम आफै व्यहोर्नुपर्छ । वर्षातको समयमा नगरपालिकाले २४ औं घण्टा नगरप्रहरी खटाइएको हुन्छ र अन्य समयमा अवाश्यकताको आधारमा मात्रै सुरक्षा दिने उनी बताउँछन् ।

    उनले पार्क वरिपरि जोखिम क्षेत्र पहिचान गरि ठाउँ ठाउँमा सूचनाहरु टाँसेको बताए । कर्णाली नदीमा हरेक वर्ष पौडी खेल्न गएकाहरु बेपत्ता हुने, डुबेर मृत हुने घटना भईरहेको मेयर बताउँछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com