धनगढी, २ मंसिर । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्र लगायत दशकौं पुरानो गोदाममा ध्वस्त भएको छ । जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालित सो अस्पताल ध्वस्त भएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत बिरामीलाई राति नै अन्यत्र सारिएको छ । मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको जोशीले बताउँछन् ।
आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा पनि क्षति भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।

आगलागीबाट दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) मा क्षति भएको हो ।
राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको अन्य क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै