संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सब-ओभरसियर चौधरीको मृत्युमा गाउँपालिकाद्धारा शोक वक्तव्य

    सब-ओभरसियर चौधरीको मृत्युमा गाउँपालिकाद्धारा शोक वक्तव्य

    संघारी न्युज
    २ मंसिर २०८०
    2.1k
    Shares

    कैलाली, २ मंसिर । सबओभरसियर विशेष चौधरीको मृत्युमा गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ। उननको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले शोक वक्तव्य जारी गरेको हो।

    कैलारी गाउँपालिकामा कार्यरत सब-ओभरसियर चौधरीको शव शुक्रवार फेला परेको थियो। उनको शव फेला परेपछि गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरद्धारा शोक वक्तव्य जारी गरिएको हो।

    साथीहरुसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए। शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com