कैलाली, १२ मंसिर । जानकी गाउँपालिका–७ का किसान सिचाई नहर सफा गर्न एक जुट भएक छन् । उनीहरु नहर पुरिएपछि सिचाईको लागि ११ किलोमिटर लामो नहर सफा आफै सफा गरेका हुन् ।
उक्त क्षेत्रमा करिब एक हजार किसान छन् । उनीहरु भुर्षा सिँचाइअन्तर्गतको नहर दैनिक डेढ किलोमिटरभन्दा सफा गर्छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने नहर पुरिएर खेतमा सिचाई अभाव भएकोले आफैँ नहर सफा गर्न थालेका भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताउँछन् । उनका अनुसार ११ किलोमिटर लामो नहर चार दिनदेखि सफा गरिरहेका छौं । यो समय भनेको गहुँ तथा तोरीखेतीमा पानी सिचाई गर्नुपर्छ ।
विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइमा पछिल्लो समय पालिकाले वास्तै गर्न छोडेको गिरी बताउँछन् । किसानका समस्या बारे यहाँका राजनीतिक दल र जनप्रतिनिधि कोहीपनि गम्भिर नरहेको उनको भनाई थियो । हजारौँ किसानको खेतमा सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेपछि किसान आफैँ जुटेको गिरी बताउँछन् । यो सिचाईले १२ वटा गाउँका किसान लाभ लिईरहेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै