संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टिकापुर नगरपालिमा तालाबन्दी, निस्सा वितरण गर्न भुमिहिनको माग

    टिकापुर नगरपालिमा तालाबन्दी, निस्सा वितरण गर्न भुमिहिनको माग

    संघारी न्युज
    १६ मंसिर २०८०
    1.6k
    Shares

    धनगढी, १६ मंसिर । कैलालीको टिकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । भूमिहीन सुकुम्वासीहरूले जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाइ गरिएको भन्दै नगरपालिका र वडा नम्बर १ को कार्यालयमा आज शनिबार तालाबन्दी भएको हो ।

    नगरपालिकाले वडा नम्बर ६ मा सुकुम्वासीहरूका लागि निस्सा वितरणको कार्य सुरु गरेको भए पनि अन्य वडाहरूमा सुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्वासीहरूले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको आन्दोलनका संयोजक पूर्णबहादुर खड्काले बताए।‘अन्य पालिकाहरूमा पुर्जा वितरणको कार्य सुरु भइसकेको छ, हामीकहाँ अझै निस्सा वितरणको समेत टुंगो छैन’ खड्काले भने ‘तत्काल निस्सा वितरण नगरे हामी संघर्षका थप कार्यक्रमहरू गर्नेछौं।’

    नगरपालिकाका कर्मचारीहरूलाई बाहिर पठाएर सुकुम्वासीहरूलेतालाबन्दी गरेपछि वडा र केन्द्रको काम प्रभावित बनेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com