नेपालगन्ज २० मङ्सिर । बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन कार्य सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरस्थित ६५१।११ (३१) नम्बरको मुख्य सीमा स्तम्भको रंगरोगन गरी जिल्लामा रहेका सीमा स्तम्भको रङ्ग रोगन तथा मर्मतसम्भार गर्ने कार्यको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणले सुरु गरेको हो।
नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत तथा रङरोगन कार्यको सुरुवात नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बाँकेका प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराले संयुक्त रूपमा गर्नुभएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले जानकारी दिए ।
सीमा सुरक्षा बल भारतको ४२ औँ बटालियनका डेपुटी कमान्डेन्ट अनिल यादव र नापी विभागका प्रतिनिधि पवनकुमार खत्री लगायतले रंगरोगनको काम सुरु गर्नुभएको हो। सो अवसरमा जनप्रतिनिधि र नेपाल र भारतका सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो।
बाँके जिल्लामा रहेका कुल ३११ वटा सीमा स्तम्भमध्ये जोर नम्बरका सीमा स्तम्भको भारतको समकक्षी सीमा सुरक्षा बलद्वारा मर्मत कार्य सम्पन्न गरिसकेको छ। बिजोर सङ्ख्यामा रहेका सीमा स्तम्भ नेपाल सरकारबाट गर्नुपर्ने भएकोले सोही अन्तर्गत बिजोर सीमा स्तम्भमध्ये ४ वटा मुख्य र ६७ वटा सहायक गरेर जम्मा ७१ वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको एसपी शाहीले बताए ।
सशस्त्र प्रहरी उपरीक्षक शाहीका अनुसार सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा जिम्मेवारी अन्तर्गत अन्तर्राष्ट्रिय सीमानामा रहेका सीमा स्तम्भको अभिलेख व्यवस्थापन, रेखदेख, अनुगमन लगायत सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गरी सक्रियता पूर्वक जिम्मेवारी बहन गर्दै आइरहेको छ।
कार्यक्रममा बोल्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सीमा क्षेत्रमा हुने विभिन्न सीमा अपराध नियन्त्रण, अवैध निकासी पैठारी लगायत सीमा स्तम्भको सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले प्रभावकारी भूमिका खेल्दै आइरहेको र सीमा स्तम्भ निर्माणको नयाँ जिम्मेवारी सफलतापूर्वक वहन गर्ने बताए।
उहाँले मन्त्रिपरिषद्को निर्णय अनुसार सीमा पिल्लर मर्मत तथा रंगरोगन कार्य सुरु गरिएको बताउनुभयो। यसबाट सीमालाई चुस्त दुरुस्त बनाउन सहयोग मिल्ने उहाँको भनाइ छ।
सीमा स्तम्भको रङ्ग रोगन तथा मर्मत कार्यलाई सबै सरोकारवालाको रोहबरमा गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गरेर उक्त कार्यको नियमित रूपमा अनुगमन हुनेछ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै