संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एमालेको १८ दिनअघि शुरू भएको संकल्प यात्रा चिवाभन्ज्याङ पुगेर सकियो

    एमालेको १८ दिनअघि शुरू भएको संकल्प यात्रा चिवाभन्ज्याङ पुगेर सकियो

    संघारी न्युज
    १ पुष २०८०
    2.1k
    Shares

    नेकपा (एमाले) को १८ दिनअघि शुरू भएको समृद्धिका लागि संकल्प यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर सकिएको छ।

    पश्चिमको झुलाघाटबाट शुरू भएको यात्रा आइतबार पूर्वको चिवाभन्ज्याङ पुगेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङमा नेपालको झन्डोत्तोलन गरेर यात्रा समापन गरेका छन्।

    मध्यपहाडी लोकमार्गको यात्राले समृद्धिका लागि खाका बनाउन सहयोग गरेको अध्यक्ष ओलीले बताए। यात्राको समापन गर्दै उनले यस यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम रहेको सन्देश दिएको जिकिर गरे।

    मध्यपहाडी क्षेत्रको यात्राका क्रममा संकलन भएका सुझाव तथा समस्याको समीक्षा गरेर समाधानका लागि एमालेले प्रयास गर्ने ओलीले प्रतिबद्धता जनाए। यस यात्राले एमालेलाई दरिलो शक्तिका रूपमा स्थापित गर्ने उनको भनाइ थियो।

    एमालेले मंसीर १४ गते बैतडीको झुलाघाटबाट यात्राको शुरूआत गरेको थियो। मध्यपहाडी लोकमार्गसँग जोडिएका २६ जिल्लाका ३० स्थानमा ठूलो जनसभा गरिएको एमालेले जनाएको छ।

    यस क्रममा सयभन्दा बढी कार्यक्रम गरिएका छन्। ठाउँ ठाउँमा स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरिएको जनाइएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com