संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ
    सिर्जना खत्री

    ‘जीवनशैली परिवर्तन गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ’

    ‘जीवनशैली परिवर्तन गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ’

    संघारी न्युज
    २ पुष २०८०
    1.5k
    Shares

    काठमाडौं । पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिष्ट (हर्मनरोग विशेषज्ञ) डा. सौरभ खतिवडाले पछिल्लो समय खराब जीवनशैलीका कारणले गर्दा साथै उमेरमा पनि मधुमेहको समस्या देखिने गरेको बताउँछन् ।

    उनले भने, “पहिले पहिले २० वर्ष माथिकालाई मात्र हुने मधुमेह पछिल्लो समय खराब जीवनशैली अत्यधिक मोटोपन, काब्रोहाइडेडयुक्त खानेकुराका कारणले २० वर्ष मुनिकालाई पनि मधुमेह पुष्टि हुने गरेको छ ।”

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भर्खरै मात्र सार्वजनिक गरेको तथ्याङ्कमा पनि मधुमेहका बिरामी बढेको देखाएको छ । आर्थिक वर्ष २०७९र८० मा देशभरबाट तीन लाख १२ हजार ३४२ जना मधुमेहका बिरामी थपिएका छन् ।

    उक्त तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मधुमेहका बिरामी थपिएका छन् । कोशी प्रदेशमा ८४ हजार ७८८ बिरामी थपिएका छन् ।

    मधेश प्रदेशमा ३१ हजार ९३२, बागमती प्रदेशमा ८३ हजार ३४४, गण्डकी प्रदेशमा ३५ हजार ४२२, लुम्बिनी प्रदेशमा ५१ हजार ७२७, कर्णली प्रदेशमा छ हजार ७९ र सुदूरपश्चिममा १९ हजार ५० जना मधुमेहका बिरामी थपिएका छन् ।

    मधुमेह भनेको के हो ?

    हर्मनरोग विशेषज्ञ डा।सौरभ खतिवडाका अनुसार रगतमा ग्लुकोज (सुगर)को मात्र आवश्यकभन्दा बढी बढ्ने प्रक्रियालाई मधुमेह भनिन्छ । चिकित्सकका अनुसार हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन उत्पादन हुन्छ । उक्त हर्मोनले चिनीको मात्रा नियन्त्रण गर्ने काम गर्छ । उक्त हर्मोनको उत्पानमा कमी आई वा हर्मोनले काम नगरी चिनीको मात्रा रगतमा अनियन्त्रित तरिकाले बढ्ने डा. खतिवडा बताउछन् ।

    उनले भने, “ग्लुकोज लेबललाई नियन्त्रण गर्नु नै यसको उचार हो । इन्सुलिन कम बन्न र भएको इन्सुलिनले पनि राम्रोसँग काम नगर्नु नै अर्को इन्सुलिन छिटोछिटो खराब हुने भएकाले रगतमा ग्लुकोजको मात्रा बढ्ने गर्छ ।”

    डा. खतिवडाका अनुसार मधुमेह टाइप वान र टाइप टु गरी दुई प्रकारका हुन्छन् । ९० प्रतिशतलाई टाइप टु मधुमेह र १० प्रतिशत टाइप वान मधुमेह हुने विभिन्न अध्ययनले देखाएको छ । धेरै थकाइ लाग्ने, तौल घट्दै जाने, छिटो छिटो पिसाब लाग्ने, इन्फेक्सन हुने, आँखा धमिलो देख्ने मधुमेहका प्रमुख लक्षण हुन् ।

    मधुमेह खराब जीवनशैली काब्रोहाइडेडयुक्त खाना बढी खाने, मोटोपन, शारीरिक कसरत नगर्ने, वंशाणुगत कारणले गर्दा मधुमेह हुने डा। खतिवडाको भनाइ छ ।

    रगतमा चिनीको मात्र बढी भएका छोटो अवधिमा नै इन्फेक्सन हुने, निमोनिया हुने, पिनास हुने, शरीरमा एक किसिमको एसिड उत्पादन भएर प्राणघातक अवस्था पनि आउन सक्छ । नसामा झमझम हुने, मुटुको नली बन्द हुँदै जाने, कोलेस्ट्रोल जाम हुँदै जाने, मिर्गौलामा, आँखामा विभिन्न समस्या देखिने जस्ता दीर्घकालीन असर पर्दछन् ।

    चिकित्सकका अनुसार सामान्य रगतको जाँच गर्दा पनि मधुमेह भएरनभएको पत्ता लगाउन सकिन्छ । डा।मधुमेह भइसकेपछि विभिन्न औषधिको माध्यमबाट, जीवनशैली परिवर्तन गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । कान्तिपुरबाट ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com