कैलाली । भारतको उत्तराखण्ड स्थित देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सुदूरपश्चिमका खेलाडीले जिते सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् । च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपालका लागि सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले स्वर्ण पदक जितेका हुन् ।
प्रतियोगितामा सहभागी भएका सुदूरपश्चिम प्रदेशका कुनै पनि खेलाडी पदक विहीन नभएको नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । प्रतियोगितामा भारत पहिलो बन्दा नेपालले २८ स्वर्ण सहित दोस्रो स्थान हासिल गरेकोमा सुदूरपश्चिमका खेलाडीहरूले ७ स्वर्ण जितेका छन् ।
नेपालबाट ७० जना खेलाडी सहभागी भएकोमा २८ स्वर्ण पदकमा सबैभन्दा बढी पदक सुदूरपश्चिमका ७ जना खेलाडीले जितेका हुन् ।
स्वर्ण पदक जित्ने सुदूरपश्चिमका खेलाडीहरूमा भुवन सार्की, पूर्णिमा भट्ट, हसिना राना, सोमु नेपाली, अनिष धामी, अस्मिता विक र दिपा राना रहेका छन् ।
सुदूरपश्चिमबाट सहभागिता जनाएका ११ खेलाडीमध्ये ७ जनाले स्वर्णमाथि कब्जा जमाउँदा तीन जनाले रजत र एक जनाले कांस्य पदक जितेको तेक्वान्दो प्रशिक्षक श्रीराम चौधरीले जानकारी दिए ।
उनका अनुसार भीम धामी, विकास चौधरी र साईरा खड्काले रजत पदक जित्दा क्षितिज चौधरीले कांस्य पद क जितेका हुन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै