कैलाली । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कैलालीको जग्गा तथा आवास विकास सङ्का अध्यक्ष उपेन्द्र अवस्थीले सो कार्यविधिविरुद्ध धनगढी उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नगर प्रमुखको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै १९ वटै वडाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरुले कार्यविधि खारेजीको माग गरेको र यसले जग्गा व्यवसायी लगायत धनगढीवासीलाई समेत अप्ठ्यारोमा पार्ने किसिमले निर्णय भएकोले रिट दिएको अवस्थीले उल्लेख गरे । मुद्दाको पेशी पुस ११ गते तोकिएको छ ।
यसैबीच, धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रक्रिया विपरित कार्यविधि आएको भन्दै विरोध जनाएका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै