संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बसको ब्रेक फेलहुँदा दुर्घटना, ३० जना घाइते

    बसको ब्रेक फेलहुँदा दुर्घटना, ३० जना घाइते

    संघारी न्युज
    १५ पुष २०८०
    1.6k
    Shares

    दाङ । दाङको तुलसीपुरमा यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएको छ । दुर्घनामा परि ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर-१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो।

    दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार, घाइतेमध्ये केहीलाई नेपालगञ्ज र केही तुलसीपुर लगिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com