संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

    कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु

    संघारी न्युज
    २४ पुष २०८०
    1.4k
    Shares

    कैलाली । कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ ।
    आर्थिक वर्ष २०८०र०८१ सालको गाउँसभा अधिवेशन (हिउँदे/विद्ययेक) अधिवेशन मंगलबार देखि सुरु भएको हो ।

    गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हिउँदे/विद्येयक अधिवेशन सुरु भएको जानकारी गराउँदै दिवंगत भएका वडा नम्बर ८ का वडा सदस्य माघुराम चौधरी र वडा नम्बर ९ मा कार्यरत असिस्टेन्ट सह इन्जिनिर विशेष चौधरीको असमायिक निधनप्रति शोक प्रस्ताव पेश गरिएको छ । सोही बिच अध्यक्ष चौधरीले विद्येयक समितिलाई विद्येयक तयारीका लागि निर्देशन पनि दिएका थिए ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा नम्बर १ देखि ९ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com