कैलाली । समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा माघ महोत्सव हुने भएको छ ।
थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३ र १४ गते गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा महोत्सव सञ्चालन हुने भएको हो ।
महोत्सवले थारु कला संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागेको नगर सभापति जनकलाल चौधरीले जानकारी दिए ।
उनका अनुसार महोत्सवले थारु भेषभुषा खानपान कला संस्कृति गितबास संरक्षण संवद्र्धन गर्न स्थानीय पर्टयक र आधुनिक कृषि प्रणालीलाई टेवा पुग्नेछ । महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शन हुने, साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने सभापति चौधरीले जानकारी दिए ।
थारु कल्याणकारिणी सभा कैलालीका पूर्व काबा सभापति माधब चौधरीले महोत्सवमा थारु परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने जानकारी दिए । उनका अनुसार विगतमा माघ मिलन भनेर गाउँ पिछे अलग अलग कार्यक्रम हुने गर्थ्यो । तर आठ वर्षदेखि एउटै मञ्चमा माघ महोत्सवको आयोजना हुदै आईरहेको छ । महोत्सवममा २६ गाउँका थारू नाचको प्रस्तुती हुने आयोजकले जनाएको छ ।
पूर्व काबा सभाापति चौधरीका अनुसार थारु समुदायले पर्यटन प्रवद्र्धनकोलागि गाउँ गाउँमा होमस्टेको अवधारण ल्याएका छन् । होमस्टेमा थारु समुदायको लोकल खानपानलाई प्रथामिकता दिने भनिएको हुन्छ । तर सरकारले लोकल अलकोहललाई भने निषेधित गरिएकोले यसलाई पनि ब्राण्ड बनाएर बिक्री वितरण गर्न मिल्ने नीति ल्याउन माग गरेका छन् ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै