संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा तीन पदकालागि मतदान

    राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा तीन पदकालागि मतदान

    संघारी न्युज
    ११ माघ २०८०
    1.6k
    Shares

    कैलाली । राष्ट्रियसभामा सदस्यको लागि सुदूरपश्चिममा मतदान सुरु भएको छ । सुदूरपश्चिममा तीन पदका लागि बिहान ९ बजे देदेखि मतदान सुरु भएको हो ।

    गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा काङ्ग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छन् ।

    एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।

    प्रदेश सभा स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष र प्रदेश सभा सदस्यहरूले मतदान गरिरहेका छन् ।
    सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com