काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबार हिउँदे मौसमको विशेष बुलेटिन निकालेर पश्चिम वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली बुधबारबाट सुदूरपश्चिम हुँदै पूर्वतिर प्रवेश गर्ने उल्लेख गरेको छ। पश्चिम नेपालमा बुधबार दिउँसोबाट हिउँदे वर्षा हुने सम्भावना देखिएको हो।
पश्चिमी वायु र न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
विभागका अनुसार पश्चिमी वायुको प्रभावले बागमती तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बागमती तथा कोशीका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बादल लाग्ने र पानी समेत पर्न सक्ने भएकाले बुधबार र बिहीबार चिसो बढ्ने सम्भावना छ। विभागले मौसमी प्रणालीका कारण जनजीवन, पर्वतारोहण, हवाईयातायात, स्वास्थ्य र जनजीवनमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रबारबाट भने मौसम सुधार हुनेछ।
यद्यपि, मौसमविद्हरूले आगामी साता फेरि अर्को मौसम प्रणाली भित्रिने र त्यसले देशैभरि वर्षा गराउनसक्ने उल्लेख गरेका छन्।
यो वर्ष हिउँदको दुईतिहाई अवधि सकिंदासम्म वर्षा हुन सकेको छैन।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै