कैलाली । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–६ को जालीस्थित वासुदेवी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटी मङ्गलवार साँझ आफै अनियन्त्रित भएर पल्टिदा बर्दियाको बाँसगढी नगरपालिका–४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुल दीप चन्दका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर उनको घटना स्थलमै मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्षका चन्द्रावती राना घाइते भएका छन् । उनीहरू दम्पती हुन् । दुर्घटना भएको स्कुटरमा तीन जना सवार रहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै