संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिमको लगानी सम्मेलनको मिति सरेर २०८१ असोजमा हुने

    सुदूरपश्चिमको लगानी सम्मेलनको मिति सरेर २०८१ असोजमा हुने

    संघारी न्युज
    १८ माघ २०८०
    1.4k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’ को मिति सरेको छ। आउँदो फागुन २३ र २४ गते धनगढीमा हुने भनिएको सम्मेलनको तयारी नपुग्ने भन्दै अर्को मिति तय गरिएको हो ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को माघ १२ गते बसेको बैठकले तत्कालका लागि सम्मेलनको मिति सार्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार लगानी सम्मेलनको अर्को मिति २०८१ असोज २१ र २२ गते तोकिएको छ ।

    यस अघि मुख्यमन्त्री कमल बहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर ‘लगानी तथा विकास सम्मेलन’को लागि तयारी तीव्र पारिएको थियो । सुदूरपश्चिममा समितिले ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार गरिसकेको थियो । तर, अझै व्यापक तयारी आवश्यक रहेको भन्दै मिति सारिएको लगानी तथा विकास सम्मेलन कार्यकारी सदस्य नृप सुनारले जानकारी दिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com