कैलाली । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटासेमा निर्मित विद्युत गृहबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाले जानकी गाउँपालिका वडा नं. ९ स्थित कटासेमा निर्माण गरेको विद्युत गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत राष्टिय प्रसारण लाइनमा जोडिएको हो।
पावर हाउसबाट उत्पादित विद्युत लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। विगतका वर्षदेखि पूर्वी कैलालीमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत उत्पादनका लागि निर्माण थालेको थियो। गत महिना विद्युत उत्पादन परीक्षण गरिएकोमा अन्य पूर्वाधार तयार गरेर मंगलबारदेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोडिएको आयोजनाका इञ्जिनियर वीरसिंह धामीले बताए।
‘विद्युत उत्पादन एक महिना अगाडि नै परीक्षण गरिएको भए पनि केही प्राविधिक काम बाँकी रहेको थियो,’ धामीले भने, ‘मंगलबारदेखि पावर हाउसबाट उत्पादित विद्युत लम्कीस्थित प्रसारण केन्द्रबाट राष्टिय ग्रिडमा जडान गरेका छौं।’
कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेकमार्फत् रानी, जमरा, कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत उत्पादन हुने हुँदा एकनाशको विद्युत हुने उत्पादन हुने आयोजनाले जनाएको छ। ‘पश्चिमको महेन्द्रनगरदेखि लमहीसम्मको एउटामात्रै पावर हाउस हो। सिँचाइको नहरबाट विद्युत उत्पादन हुने हुनाले यो नियमित एकनाशको उत्पादना हुन्छ,ु उनले भने, ‘आयोजना र यो क्षेत्रबासीका लागि यो निकै गौरवको क्षण हो। हामीले वार्षिक ४२ गिगावाट विद्युत ऊर्जा उत्पादन हुने अनुमान गरेका छौं।’
आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर टोपबहादुर खत्रीले गत मङ्सिर अन्तिमदेखि विद्युत् उत्पादन सुरु गरिएको बताए। तराई क्षेत्रको सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुलीसमेत उत्पादन भएपछि स्थानीयहरू खुसी छन्। ‘तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड (उचाइ) प्राप्त भएपछि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ,’ इञ्जिनियर खत्रीले भने, ‘सिँचाइ नहरमा पानी उपलब्ध निरन्तर हुँदा बिजुली पनि उत्पादन नियमित हुन्छ।’
कैलालीको पूर्वी क्षेत्रमा रानी, जमरा र कुलरिया कूला प्रणालीबाट १४ हजार ३ शय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। लम्की शाखा नहर निर्माण सकिएसँगै थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य आयोजनाको छ। आयोजनाले पहिलो चरण २०६७/०६८ देखि २०७४/०७५ मा विश्व बैंकको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण कार्य गरेको छ। दोस्रो चरण २०७४/०७५ देखि २०८०/०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्याएको छ। हालः दोस्रो चरणका निर्माण कार्यहरू धमाधम भइरहेका छन्।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै