संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

    कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता

    संघारी न्युज
    १९ माघ २०८०
    1.5k
    Shares

    कञ्चनपुर । कञ्चनपुरलाई खेलाडी उत्पादनको उर्वर भूमि मानिने गरिन्छ तर त्यहि ठाउँमा १२ वर्षपछि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको आयोजना भयो । यहाँ अहिले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भईरहेको छ ।

    भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलो हो, कञ्चनपुर । जिल्लामा खेलाडी भएपनि खेलकुद गतिविधि सुनसान थियो । विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।

    उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा तथा बाँकी खेल कैलाली र डडेल्धुरामा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए ।

    छैटौं राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता नभएपछि यहाँका खेलाडी र खेलप्रेमी निराश थिए । अहिले भलिबल प्रतियोगिता शुरु भएपछि यहाँको खेलाडी तथा खेलप्रेमी निकै उत्साहीत छन ।

    कञ्चनपुरमै उत्पादन भएका खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टोलीबाट खेल यात्रामा सक्रिय छन् । नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम र धीरेन्द्र चन्द चर्चित खेलाडी हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com