संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भन्सार छली ल्याएका ७० किलो बोईलर कुखुरा बरामद

    भन्सार छली ल्याएका ७० किलो बोईलर कुखुरा बरामद

    संघारी न्युज
    २६ माघ २०८०
    1.7k
    Shares

    कैलाली । अबैधरुपमा ल्याउदै गरेका ७० किलो बोईलर कुखुरा बरामद गरिएको छ। बेलौरी नगरपालिका-१ भुपु सैनिक टोलबाट अबैध रुपमा भारतबाट भन्सार छलि ल्याएका अन्दाजी रु. २१,००० बराबरको ७० केजी कुखुराबरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट १५ हजार मूल्यको प्याज, चिनी, आयुर्बेदिक औषधी बरामद गरेको प्रहरीले बताएको छ। बरामद गरिएका बोईलर कुखुरालाई आवश्यक प्रक्रिया पुरा गरि नष्ट गरेको प्रहरीले जनाएको छ।

    यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७० हजार ४४० मूल्यको प्याज, चिनी, मिठाई, मिश्री, गुड, चप्पल, चना, नरिवल, सरफ, सुट, कुर्ती लगायतका सामान बिहीवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com