संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्छ : भौतिक मन्त्री देउवा

    सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्छ : भौतिक मन्त्री देउवा

    संघारी न्युज
    १९ फाल्गुन २०८०
    1.3k
    Shares

    कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको गरिबी न्यूनीकरणका लागि सबै तहका सरकार लाग्नु पर्ने बताए ।

    स्थानीय सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम समापनमा बोल्दै उनले सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।

    ‘भरखरै सार्वजनिक भएको नेपालको जीवनस्तर सर्वेक्षण २०७९्०८० मा नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखाएको छ । सुदूरपश्चिममा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ३४ दशमलव १६ प्रतिशत रहेको छ । यो अङ्क राष्ट्रिय तथ्यांकभन्दा करिब १४ प्रतिशतले अधिक छ । त्यस्तै, सात प्रदेशमध्ये हाम्रो सुदूरपश्चिम सबैभन्दा बढी गरिबी रहेको प्रदेशका रूपमा चिनिएको छ ।’ उन प्रदेशका स्थानीय सरकारहरू र प्रदेश सरकारको मुख्य लक्ष्य नै गरिबी न्यूनीकरण हुनु जरुरी छ ।

    स्थानीय तहहरूलाई आर्थिक रूपमा सबल बनाउने, बाह्य लगानीको वातावरण सिर्जना गर्ने र विकास निर्माण तथा सेवा प्रवाहलाई नतिजामुखी बनाउँदै गरिबी न्यूनीकरणमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको मन्त्री देउवाले बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com