संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    टीकापुर नगरपालिकाका उपप्रमुख शाह निलम्बन

    टीकापुर नगरपालिकाका उपप्रमुख शाह निलम्बन

    संघारी न्युज
    २१ फाल्गुन २०८०
    1.3k
    Shares

    कैलाली । सार्वजनिक जग्गा घोटलामा मुछिएपछि कैलालीको टीकापुर नगरपालिकाका उपप्रमुख निलम्बनमा परेका छन्। टीकापुर जग्गा काण्डमा जोडिएपछि उपप्रमुख खड्कबहादुर शाहलाई निलम्बन गरिएको हो। टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरि जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले फागुन १८ गते उपप्रमुख शाहलाई निलम्बन गरेको नगरप्रमुख रामलाल डगौरा थारुले बताए।

    उनका अनुसार अख्तियारको पत्रमा स्वतः निलम्बन हुने लेखिएपछि कार्यपालिकाले निर्णय गरी पठाएको हो । यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजात खडा गरि व्यक्ति विशेषको नाममा हकहस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सार्वजनिक जग्गा घोटलामा उपप्रमुख शाह पनि जोडिएको खुलेको थियो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। टीकापुर नगरपालिकाका नगर उपप्रमुख शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com