कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) का तीन जना मन्त्रीलाई बर्खास्त गरेका छन्।नयाँ राजनीतिक समीकरणअनुसार माओवादी र एमालेसहितको ४ दलीय गठबन्धन बनेपछि उहाँहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले मंगलबार माओवादीबाट सरकारमा सहभागी रमेश धामी, झपटबहादुर साउँद र गीता माललाई बर्खास्त गरेका हुन्। धामीले उद्योग, पर्यटन, वन तथा वातावरण र साउँदले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यस्तै, माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिइन्।
केन्द्रमा गठबन्धन फेरबदल भएअनुसार नै सुदूरपश्चिममा पनि माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाइएको मुख्यमन्त्री शाहले बताए। मंगलबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहले भने, “केन्द्रमा जस्तो भयो, त्यस्तै यहाँ पनि गरिएको हो।”
उनी प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई माओवादी, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा अहिले ५२ सदस्य छन्। बझाङ १ ‘क’ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
अहिले कांग्रेसका १८, माओवादीका सभामुख सहित ११, एमालेका १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपा र स्वतन्त्र सांसद एक-एक जना छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि आजै बिहान गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए। गण्डकी सरकारमा माओवादीबाट दुई मन्त्री थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै